प्रचण्ड सहभागी हुने चुनावी सभास्थलनजिक बम विस्फोट
भोजपुरको पौवादुङमा गाउँपालिकास्थित प्याउलीमा भएको चुनावी सभा नजिक बम विस्फोट भएको हो ।
काठमाडौं, कात्तिक ३० : भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ ।
बुधबार भोजपुरको पौवादुङमा गाउँपालिकास्थित प्याउलीमा भएको चुनावी सभा नजिक बम विस्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी शरद थापाले चुनावी सभा चलिरहेको स्थानभन्दा २०० मिटर पर एक होटलको अगाडि बम विस्फोट भएको हो । बम विस्फोट भएपनि कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ।
भोजपुरको चुनावी सभालाई माओवादी अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम तय भएको थियो । उनी नपुग्दै बम विस्फोट भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरी विस्फोटमा संलग्नहरुको खोजी भइरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: १५:२६ बजे, बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











