Kathmandu Press

विकासका लागि स्थिर सरकार आवश्यक : गुरुङ

विकासका लागि स्थिर सरकार आवश्यक : गुरुङ

काठमाडौं, कात्तिक ३० : नेकपा (एमाले)का केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक विकासका लागि एमालेको स्थिर सरकार आवश्यक रहेको बताएका छन्। 
    
आज सुन्दरबजार नगरपालिका-८ बलिथुङमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालेलाई बहुमतका साथ विजयी बनाए स्थिर सरकार हुने र मुलुकको विकास हुने दाबी गरे। 

आफू मुख्यमन्त्री छँदा थालनी गरेका र सम्पन्न हुन बाँकी विकासका काम पूरा गर्दै जिल्लामा विकासको लहर ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे। लमजुङको विकास हेर्न र अनुभूति गर्न चाहने हो भने एमालेका उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको उनको भनाइ छ । ‘विगतमा पनि जिल्लाको विकासमा लागेका थियौँ, अब पनि लाग्नेछौँ यो हाम्रो प्रतिबद्धता भयो,’ उनले भने। 

त्यस्तै, लमजुङ प्रदेशसभा २ का उम्मेदवार तथा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले आफू सधैँ जिल्लाकै विकासका लागि राजनीति गर्दै आएकाले आफूले जितेमा सबै जनता र जिल्लाको विकास र सेवामा लाग्ने बताए। 

आफूसहित एमालेका सबै उम्मेदवारलाई जिताएर दलित, लोपोन्मुख समुदाय, युवा, महिला, जतजातिलगायत सबैले विकासको अनुभूति प्राप्त गर्न उनले आग्रह गरेका छन्। 

प्रकाशित मिति: १४:२१ बजे, बुधबार, कात्तिक ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्