Kathmandu Press

चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

काठमाडौं, कात्तिक ३० : चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । 

चितवन–२ मा वाम लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका उम्मेदवार श्रेष्ठको कार तोडफोड भएको हो । श्रेष्ठ चढ्ने बा ३ च २०५० नम्बरको प्राडो बुधबार बिहान ११ बजेतिर भरतपुरमा तोडफोड भएको हो । 

श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं। १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र उनीहरुको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति: १३:१९ बजे, बुधबार, कात्तिक ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्