Kathmandu Press

बसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु

अर्जुनधारा–६ का ५२ वर्षीय नरेन्द्र मैनाली र श्रीमती ५० वर्षीया सीतादेवीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको हो । 
बसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु

काठमाडौं, कात्तिक ३० : पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–७ स्थित दुर्गापुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ ।  

अर्जुनधारा–६ का ५२ वर्षीय नरेन्द्र मैनाली र श्रीमती ५० वर्षीया सीतादेवीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको हो । 

मंगलबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मैनाली दम्पती सवार मे ७प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

प्रकाशित मिति: ०७:४२ बजे, बुधबार, कात्तिक ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्