Kathmandu Press

दुई डिआईजीको सरुवा, थापालाई प्रहरी प्रवक्ताको जिम्मेवारी

काठमाडौं, पुस २ : गृह मन्त्रालयले दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। 

गृहमन्त्री स्तरीय निर्णय अनुसार....

दुई डिआईजीको सरुवा, थापालाई प्रहरी प्रवक्ताको जिम्मेवारी

काठमाडौं, पुस २ : गृह मन्त्रालयले दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। 

गृहमन्त्री स्तरीय निर्णय अनुसार बुधबार प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका डीआईजी विश्वराज पोखरेललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको प्रमुखमा सरुवा गरिएको हो।

यस्तै, रानी पोखरीको प्रमुख रहेका डीआईजी शैलेश थापा क्षेत्रलाई प्रहरी हेडक्वाटर नक्सालमा सुरुवा गरिएको छ। थापालाई प्रहरी प्रवक्ताको जिम्मेवारी पनि दिइएको छ। 

थापाले एसएसपी हुँदै प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका थिए। 
 

प्रकाशित मिति: १९:४५ बजे, बुधबार, पुस २, २०७६