Kathmandu Press

आगामी निर्वाचनबाट भ्रष्ट व्यक्तिलाई पाखा लगाउन डा. केसीको आग्रह 

आगामी निर्वाचनबाट भ्रष्ट व्यक्तिलाई पाखा लगाउन डा. केसीको आग्रह 

काठमाडौं, कात्तिक २९ : प्रा.डा. गोविन्द केसीले आगामी निर्वाचनलाई जिम्मेवारीपूवर्क अवसरका रुपमा प्रयोग गर्न आग्रह गरेका छन् ।  

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै केसीले यसअघिका निर्वाचनबाट राज्यसञ्चालनमा आएका शिर्षदलहरु असफल भइसकेको भन्दै अहिलेको निर्वाचनलाई जिम्मेवारीपूवर्क अवसरका रुपमा प्रयोग गर्न आग्रह गरेका हुन् । 

उनले अघिल्लो चूनावको जस्तो गल्ती फेरी नदोहराउन अपिल गरेका छन् भने आउदा चूनावहरुमा बैदशिक रोजगारीमा  रहने युवाहरुको मताधिकार सुनिश्चित गर्न पनि माग गरे । त्यस्तै उनले शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टीकरण र अपराधीकरण गरेको आरोप लगाए।   

शीर्ष नेताहरुले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति भएकालाई चुनावमा उम्मेदवार बनाएर इमान्दारिताको राजनीति गर्नेहरुलाई पाखा लगाएको पनि बताए।  केसीले पुरानै नेताहरुका कारण देश विगत पाँच वर्षमा दशौँ वर्ष पछाडि धकेलिएको समेत आरोप लगाए। 

उनले नेताहरुको गलत सोचाईका कारण मुलुक भ्रष्टाचार र लुटतन्त्र संस्थागत भएर चरम सीमामा पुगेकाले नै आर्थिक प्रगति हुन नसकेको धारणा राखे।

प्रकाशित मिति: १७:३२ बजे, मंगलबार, कात्तिक २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्