Kathmandu Press

राप्रपाका जिल्ला अध्यक्ष एवं उम्मेदवार गैरे कांग्रेस प्रवेश

प्रतिनिधिसभा सदस्यको उमेदवारका लागि मत माग्दै घरदैलो अभियानमा सक्रिय रहँदै आएका गैरे कांग्रेस प्रवेश गरेका हुन् । लामो समय राप्रपाको राजनीतिमा सक्रिय उनले एक विज्ञप्ति जारी गर्दै राप्रपा पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको घोषणा गरेका छन् । 
राप्रपाका जिल्ला अध्यक्ष एवं उम्मेदवार गैरे कांग्रेस प्रवेश

काठमाडौं, कात्तिक २९ : आसन्न मसिंर ४ गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पाल्पा क्षेत्र नम्वर २ बाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का जिल्ला अध्यक्ष खडानन्द गैरे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  

प्रतिनिधिसभा सदस्यको उमेदवारका लागि मत माग्दै घरदैलो अभियानमा सक्रिय रहँदै आएका गैरे कांग्रेस प्रवेश गरेका हुन् । लामो समय राप्रपाको राजनीतिमा सक्रिय उनले एक विज्ञप्ति जारी गर्दै राप्रपा पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको घोषणा गरेका छन् । 

गैरेलाई नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले कांग्रेसको सदस्यता हस्तान्तरण गरेका छन् । उनले पार्टीमा नेता गैरेलाई स्वागत गर्दै पार्टीमा उचित स्थान दिने बताए ।

प्रकाशित मिति: ०८:१४ बजे, मंगलबार, कात्तिक २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्