भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
गएराति भक्तपुर नगरपालिका वडा–१ नगरकोट मोडमा भएको दुर्घटनामा घाइते भएका भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो ।
काठमाडौं, कात्तिक २९ : भक्तपुरमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
गएराति भक्तपुर नगरपालिका वडा–१ नगरकोट मोडमा भएको दुर्घटनामा घाइते भएका भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो । वाग्मती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल र बा ४ ख ४२ ६८ नम्बरको पानी ट्याङ्कर ठोक्किएर दुर्घटना भएको थियो ।
ज्यान गुमाउने साजन मोटरसाइकलका चालक हुन् । मोटरसाइकलमा रहेका झापाको विर्तामोड नगरपालिका–२ घर भइ भक्तपुरको मध्यपुर थिमि बस्ने २३ वर्षका अनिल साह घाइते भएका छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्याङ्करका चालक भक्तपुरको ब्यासीका २८ वर्षका प्रविण सुवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रकाशित मिति: ०७:४७ बजे, मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











