Kathmandu Press

अष्ट्रेलियाको मेल्बर्नमा सांगीतिक जात्रा हुँदै

मेल्बर्न, पुस २ : अष्ट्रेलियाको मेल्बर्नमा सांगीतिक जात्रा हुने भएको छ। 

होली पर्वको अवसरमा मेल्बर्नको केन्द्रविन्दु फेडरेसन स्क्वायरमा....

अष्ट्रेलियाको मेल्बर्नमा सांगीतिक जात्रा हुँदै

मेल्बर्न, पुस २ : अष्ट्रेलियाको मेल्बर्नमा सांगीतिक जात्रा हुने भएको छ। 

होली पर्वको अवसरमा मेल्बर्नको केन्द्रविन्दु फेडरेसन स्क्वायरमा कार्यक्रम हुन लागेको हो। एस इभेन्टस एण्ड मल्टिमिडियाको आयोजनामा हुने सांगीतिक जात्रामा विभिन्न नेपाली तथा विदेशी ब्यान्डको प्रस्तुति हुनेछ। 

एस इभेन्टस एण्ड मल्टिमिडियाले होली पर्वको अवसरमा प्रत्येक दुई वर्षमा सांगीतिक जात्रा गर्दै आएको छ। ‘हामीले प्रत्येक दुई वर्षमा कार्यक्रम गर्दै आइरहेका छौँ, रंगको पर्व होलीलाई मनोरञ्जनात्मक बनाउन हामीले स्वेदेशी तथा विदेशी कलाकारलाई आमन्त्रित गर्छांै,’ एस इभेन्टेसका प्रबन्धक सुनोद श्रेष्ठले भने।

सांगीतिक जात्रामार्फत अष्ट्रेलियामा नेपाली संस्कृति र संगीतको प्रवद्र्धनमा योगदान गरेको भन्दै मेल्वर्नको महावाणिज्यदूतको कार्यालयले सम्मान समेत प्रदान गरेको थियो। सांगीतिक जात्रामा रामकृष्ण ढकाल, संजीव सिंह, प्रशान्त तामाङ स्याडोज ब्यान्ड सहभागी भइसकेका छन्। 

प्रकाशित मिति: १६:५८ बजे, बुधबार, पुस २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्