Kathmandu Press

वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक

अंग्रेजी र नेपाली दुवै भर्सनमा सार्वजनिक वृतचित्र नेपालीभाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहानेका लागि उपयोगी हुनसक्छ ।
वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक

काठमाडौं, कात्तिक २८ : वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक भएको छ। भिडियोमा भुटान सरकारले निर्वासित गरेका क्याप्टेन बुद्धवीर सुब्बाको जीवनी समेटिएको छ।  

क्याप्टेन सुब्बाले  देशको सार्वभौमिकताको लागी जीवनभर परिश्रम गरे र सबैकुरा दिए, तर अन्त्यमा कसरी तत्कालिन भुटान सरकारले उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य उद्घाटन स्वयम् क्याप्टेन  सुब्बा र उनका परिवारजनले यस वृत्तचित्र मार्फत् गरेका छन्।  

Hardik ivf

फ्याम्ली प्रोडक्शनको निर्माणमा तयार पारिएको यस वृत्तचित्र बिएम खालिङले लेखेका हुन्। यसमा गायक एवम् संचारकर्मी  रविन शर्माको न्यारेशन रहेको छ।

कमल राईको छायाँकन र सम्पादन रहेको वृत्तचित्र राजु सुब्बाको परिकल्पनामा  तयार पारिएको हो। वृतचित्र असल टिभी नामक युट्युव च्यानलमार्फत् सार्वजनिक भएको हो।

अंग्रेजी र नेपाली दुवै भर्सनमा सार्वजनिक वृतचित्र नेपालीभाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहानेका लागि उपयोगी हुनसक्छ ।

प्रकाशित मिति: २०:३३ बजे, सोमबार, कात्तिक २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्