Kathmandu Press

वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक

अंग्रेजी र नेपाली दुवै भर्सनमा सार्वजनिक वृतचित्र नेपालीभाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहानेका लागि उपयोगी हुनसक्छ ।
वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक

काठमाडौं, कात्तिक २८ : वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक भएको छ। भिडियोमा भुटान सरकारले निर्वासित गरेका क्याप्टेन बुद्धवीर सुब्बाको जीवनी समेटिएको छ।  

क्याप्टेन सुब्बाले  देशको सार्वभौमिकताको लागी जीवनभर परिश्रम गरे र सबैकुरा दिए, तर अन्त्यमा कसरी तत्कालिन भुटान सरकारले उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य उद्घाटन स्वयम् क्याप्टेन  सुब्बा र उनका परिवारजनले यस वृत्तचित्र मार्फत् गरेका छन्।  

फ्याम्ली प्रोडक्शनको निर्माणमा तयार पारिएको यस वृत्तचित्र बिएम खालिङले लेखेका हुन्। यसमा गायक एवम् संचारकर्मी  रविन शर्माको न्यारेशन रहेको छ।

कमल राईको छायाँकन र सम्पादन रहेको वृत्तचित्र राजु सुब्बाको परिकल्पनामा  तयार पारिएको हो। वृतचित्र असल टिभी नामक युट्युव च्यानलमार्फत् सार्वजनिक भएको हो।

अंग्रेजी र नेपाली दुवै भर्सनमा सार्वजनिक वृतचित्र नेपालीभाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहानेका लागि उपयोगी हुनसक्छ ।

प्रकाशित मिति: २०:३३ बजे, सोमबार, कात्तिक २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्