Kathmandu Press

‘समृद्ध नेपाल बनाउने शक्ति एमालेसँग मात्र छ’

सिन्धुलीको दुधौलीमा सोमबार एमालेको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने सपना सकार पार्न सूर्य चिह्नमा मतदान गर्न अपिल गरे।
‘समृद्ध नेपाल बनाउने शक्ति एमालेसँग मात्र छ’

सिन्धुली, कात्तिक २८ : नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र भएको बताएका छन्।

सिन्धुलीको दुधौलीमा सोमबार एमालेको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने सपना सकार पार्न सूर्य चिह्नमा मतदान गर्न अपिल गरे।

उनले देशलाई विकासको अभियानमा लैजान र सुखी नेपाली समृृद्ध नेपाल निर्माणका लागि एमालेको सरकार आवश्यक रहेकोमा जोड दिए।

‘एमालेले जारी गरेको घोषणापत्र ग्यारेन्टीका साथ हामी पूरा गर्न तयार छौँ, तपाईंको एकमतले देशको विकासमा टेवा पुग्ने भएकाले सिन्धुलीबाट एमालेका उम्मेदवारलाई विजयी गरेर पठाए जिल्ला र देशको विकास हुनेछ’, ओलीले भने। उनले सुनकोशी मरिण डाइभर्सन, मदनभण्डारी राजमार्ग आर्थिक समृद्धिका आधार निर्माण गरेको बताए।  

एमालेले सिन्धुलीमा उठाएका प्रतिनिधिसभाका उम्मेदवार प्रदीप कटुवाल, मनोजजङ्ग थापा र प्रदेशसभाका सुवास देवकोटा, रामकुमार कार्की, विनोद खड्का र रामकुमार पौडेल चारै उम्मेदवारलाई मत दिएर विजयी गराउन ओलीले आग्रह गरे।

प्रकाशित मिति: १८:४३ बजे, सोमबार, कात्तिक २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्