Kathmandu Press

‘मुलुकको समृद्धि र विकासका लागि एमालेको नेतृत्वको आवश्यक’

मबार आफ्नै निर्वाचन क्षेत्रमा आयोजित घरदैलोका क्रममा उहाले एमालेले मुलुकको हित, राष्ट्रियता र बिकासका लागि धेरै काम गरेकाले अव पनि एमालेको नेतृत्व आवश्यक रहेको बताएका हुन्।
‘मुलुकको समृद्धि र विकासका लागि एमालेको नेतृत्वको आवश्यक’

काठमाडाैं, कात्तिक २८ : काठमाडौं क्षेत्र नं ३ का नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णबहादुर राइले मुलुकको समृद्धि र बिकासको लागि एमालेको नेतृत्वको आवश्यक रहेको बताएका छन्।

सोमबार आफ्नै निर्वाचन क्षेत्रमा आयोजित घरदैलोका क्रममा उहाले एमालेले मुलुकको हित, राष्ट्रियता र बिकासका लागि धेरै काम गरेकाले अव पनि एमालेको नेतृत्व आवश्यक रहेको बताएका हुन्।

नाकाबन्दीका बेला भारतसंग आवाज उठाउने र नेपालको चूच्चे नक्साका साथै सुरुङमार्गको कामको सुरुवात गर्ने केपी ओली मात्रै भएको उनले बताए। एमालेले राष्ट्रियताका लागि काम गरेकाले नै ओली नेतृत्वको सरकार हटाइएको उनको भनाइ छ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आठ र स्वतन्त्रसहित २३ उम्मेदवार प्रतिस्पर्धामा छन् जसमा नेपाली कांग्रेसको तर्फबाट सन्तोष चालिसे उम्मेदवार छन्। काठमाडौं ३ मा ५८ हजार ८ सय ८९ मतदाता छन्। 

प्रकाशित मिति: १७:५२ बजे, सोमबार, कात्तिक २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्