Kathmandu Press

कांग्रेसले भन्याे- एमालेले आचारसंहिता उल्लंघन गर्‍याे, निर्वाचन आयाेगले कारबाही गराेस्

सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले खुलेआम प्रलोभन दिने, एनजिओको व्यपाक दुरुपयोग गर्नेजस्ता आचारसंहिताविपरीतको काम एमालेले गरेको भन्दै कारबाही गर्न माग गरे।
कांग्रेसले भन्याे- एमालेले आचारसंहिता उल्लंघन गर्‍याे, निर्वाचन आयाेगले कारबाही गराेस्

काठमाडाैं, कात्तिक २८ : नेपाली कांग्रेसले एमालेले खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारवाहीको दायरामा ल्याउन निर्वाचन आयोगसँग माग गरेको छ। 

सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले खुलेआम प्रलोभन दिने, एनजिओको व्यपाक दुरुपयोग गर्नेजस्ता आचारसंहिताविपरीतको काम एमालेले गरेको भन्दै कारबाही गर्न माग गरे।

गठबन्धनका साना कमजोरीलाई देख्ने आयोगले एमालेको आचारसंहिता विपरीतको कामलाई देख्न नसकेको उनको भनाइ छ। प्रवक्ता महले कांग्रेसले संयमताका साथ आचारसंहितालाई पालना गरिरहेको दाबी गरे।

उनले महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सत्तारुढ गठबन्धनले जित्ने र कांग्रेसको नेतृत्वमा सरकार बन्ने जिकिर गरे। अहिलेको निर्वाचनमा १६५ सिटमा ९१ सिट कांग्रेसले र ७४ सिट गठबन्धनका अन्य दलले लडेकाले स्वाभाविक नेतृत्व कांग्रेसको रहेको उनको भनाइ छ।

उनले निर्वाचनपछिको प्रधानमन्त्रीमा कांग्रेसका तर्फबाट शेरबहादुर देउवा हुने स्वाभाविक रहेको भन्दै अन्यले प्रधानमन्त्रीको दाबी गर्नु प्रचार मात्रै भएको धारणा राखे।

प्रवक्ता महतले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा समानुपातिक मत महत्वपूर्ण भएकाले सबै क्षेत्रमा कुनै दुविधा नगरी रुख चिन्हमा मतदान गर्न आह्वान समेत गरे। 

प्रकाशित मिति: १८:०३ बजे, सोमबार, कात्तिक २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्