गठबन्धनले चुनाव जिते ६ महिना सरकार बन्दैन : ओली
सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले स्वार्थका लागि मात्रै गठबन्धन बनेको भन्दै गठबन्धनले चुनाव जिते ६ महिना सरकार बन्न नसक्ने दाबी गरेका हुन्।
काठमाडाैं, कात्तिक २८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले चुनाव जिते ६ महिना सरकार बन्न नसक्ने दाबी गरेका छन्।
सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले स्वार्थका लागि मात्रै गठबन्धन बनेको भन्दै गठबन्धनले चुनाव जिते ६ महिना सरकार बन्न नसक्ने दाबी गरेका हुन्।
अध्यक्ष ओलीले गठबन्धनले जिते फेरि राजनीतिक अस्थिरता हुने भन्दै राष्ट्रियता, विकास र स्थीरताका लागि एमालेको जित आवश्यक रहेको धारणा राखे।
त्यस्तै उनले गठबन्धन देशका लागि अभिशाप भएकाले आगामी निर्वाचनबाट फाल्ने बताए। ओलीले वर्तमान गठबन्धनको सरकारले मुलुकको आर्थिक व्यवस्थालाई तहसनहस पारेको जिकिर गरे।
उनले विगतमा गरेका काम र वर्तमानका साथै भविष्यको योजना घोषणापत्रमा स्पष्ट राखेको जानकारी दिए।
प्रकाशित मिति: १६:४३ बजे, सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार