Kathmandu Press

पूँजी निमार्णबिना समाजवाद आउँदैन : मन्त्री अर्याल 

काठमाडौं, पुस २ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रलाई एकीकृत ढंगले उत्पादन क्षेत्रमा लगानी....

पूँजी निमार्णबिना समाजवाद आउँदैन : मन्त्री अर्याल 

काठमाडौं, पुस २ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रलाई एकीकृत ढंगले उत्पादन क्षेत्रमा लगानी गरी समाजवादको सारथी बन्नम आग्रह गरेकी छिन्।

काठमाडौंमा  बुधबार राष्ट्रिय सहकारी बैंकको आयोजनामा भएको ‘कोअपरेटिभ लिडर्स नेशनल फोरम २०७६’ कार्यक्रमलाई सम्बोधन गर्दै देशको समृद्धिका लागि मुलुकभर छरिएर रहेका सहकारीहरुले एकीकृत र व्यवसायिक ढंगले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा जोड दिएकी हुन्।

मन्त्री अर्यालले भनिन्,‘पूँजीको निमार्ण बिना समाजवाद आउँदैन, त्यसैले सहकारीले पुजी निमार्ण गर्नुपर्छ र उत्पादनमा लगाउनुपर्छ, तब समाजबादको रेखा कोरिन्छ र सहकारी कर्मीले समाजबादको अभियान्ता भन्न पाउनुहुन्छ।’ 

मन्त्री अर्यालले आर्थिक समृद्धिलाई प्राथमिकताका राखेर सहकारीहरुले काम गर्नुपर्ने बताइन्। सरकारले सबै सहकारीहरुलाई उत्पादनमूलक क्षेत्रमा लगाउनेगरी आवश्यक कानूनको तर्जुमा गरिरहेको बताउँदै उनले दीगो लक्ष्य हासिल गर्नका लागि बढी भन्दा बढी लगानी र व्यक्ति सहभागी भएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताइन्। 

अबको दिशा समृद्धि र विकासकै दिशा भएको बताउँदै उनले सहकारी संस्थाहरु एकीकृत उत्पादनमा लाग्नुपर्ने उनको जोड छ। 
 

प्रकाशित मिति: १६:४६ बजे, बुधबार, पुस २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्