एमाले नेतृत्वमा आए मुलुक सही दिशा र गन्तव्यमा अघि बढ्छ : पाेखरेल
सोमबारका काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले मुलुकको राष्ट्रियता र बिकास तथा समृद्धिका लागि एमालेले काम गरेको भन्दै अव एमाले नेतृत्वमा आए मुलुकलाई सहि दिशा र गन्तव्यमा पुर्याउन सक्ने बताएका हुन्।
काठमाडाैं, कात्तिक २८ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वमा आए मुलुकलाई सही दिशा र गन्तव्यमा पुर्याउन सकिने बताएका छन्।
सोमबारका काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले मुलुकको राष्ट्रियता र बिकास तथा समृद्धिका लागि एमालेले काम गरेको भन्दै अव एमाले नेतृत्वमा आए मुलुकलाई सहि दिशा र गन्तव्यमा पुर्याउन सक्ने बताएका हुन्।
उनले अहिले सिद्धान्तहिन, उदेश्य बिहीन र गन्तव्यविहीन गठबन्धन एकातिर र मुलुकको राष्ट्रियताको रक्षा गर्ने एमाले अर्कोतिर रहेकाले एमालेले नेतृत्व गरेको राजनीतिक ध्रुवको वरिपरि गोलबन्द हुनुपर्ने बेला आएको जिकिर गरे।
पोखरेलले अब नेकपा एमालेको विकल्प अरु राजनीतिक शक्तिहरु हुन नसक्ने बताए। त्यस्तै पोखरेलले पार्टीमा प्रवेश गरेकाहरुको राजनीतिक र सांगठनिक जीवनको सुनिश्चितता एमालेले गर्ने धारणा राखे।