Kathmandu Press

चितवनमा रविको गाडी तोडफोडबारे ओलीले भने– घन्टी बजाउन पनि नदिने ? 

ओलीले त्यस्ता गतिविधि गर्नेलाई प्रशासनले तत्काल गिरफ्तार गरी कारबाही अगाडि बढाउनुपर्ने र निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सबैले प्रचार गर्न पाउने बनाउन समेत आग्रह गरे ।
चितवनमा रविको गाडी तोडफोडबारे ओलीले भने– घन्टी बजाउन पनि नदिने ? 

काठमाडौं, कात्तिक २८ : चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको गाडी तोडफोड भएको घटनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निन्दा गरेका छन् । 

सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्ता गतिविधि गर्नेलाई प्रशासनले तत्काल गिरफ्तार गरी कारबाही अगाडि बढाउनुपर्ने र निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सबैले प्रचार गर्न पाउने बनाउन समेत आग्रह गरे ।

ओलीले युवाहरु राजनीतिमा रुची राख्नु सकारात्मक भएको बताउँदै एक जना व्यक्ति घन्टी बजाउँदै आउँदा गठबन्धन आँत्तिएको बताए । गठबन्धन कति कमजोर छ, एउटा युवा आएर चुनाव लड्छु भन्दा गाडी फुटाउनुपर्छ ?,’ उनले भने,   के बजाएको छ ? ढ्याङ्ग्रो पनि बजाएको छैन । घन्टी बजाउन पनि नदिने ? दमाहा बजाएको पनि होइन, नर्सिङ्गा बजाएको पनि होइन । एउटा घन्टी, कति आँतिएको होला ?’

ओलीले सो घटनामा पार्टीकै तर्फबाट भर्त्सना गरेका छन् । ‘गठबन्धनतिर धेरै जानु छैन तर गुण्डागर्दीजस्ता कामहरुको पार्टीको तर्फबाट सशक्त विरोध, भर्त्सना र निन्दा गर्छु । यो लोकतान्त्रिक व्यवहार होइन,’ ओलीले भने ।  

प्रकाशित मिति: १६:२८ बजे, सोमबार, कात्तिक २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्