Kathmandu Press

डा. तोसिमाको उम्मेदवारी कायमै, सर्वोच्चले दियो अन्तरिम आदेशलाई निरन्तरता 

सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ ।
डा. तोसिमाको उम्मेदवारी कायमै, सर्वोच्चले दियो अन्तरिम आदेशलाई निरन्तरता 

काठमाडौं, कात्तिक २८ : ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने भएको छ । सोमबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सर्वोच्चको यसअघिकै आदेशलाई निरन्तरता दिने फैसला गरेको हो । 

सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ ।

 निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएपछि तोसिमाले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश चुडालको इजलासले आयोगको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको थियो ।

उक्त आदेश खारज गर्न माग गर्दै आयोगका सचिव गोकर्णमणि दवाडीले भ्याकेट निवेदन दिएका थिए । सो निवेदनमाथि सोमबार सुनुवाई गर्दै तोसिमा लाभको पदमा रहेको मान्न नसकिने ठहर गरेको हो । 

‘निवेदीका नियमित रुपमा पारिश्रमिक वा आर्थिक सुविधा पाउने पदमा बहाद रहेको वा त्यस प्रकारको सुविधा लिएको नभई मेडिकल काउन्सिलबाट अनुगमन गर्दाको सन्दर्भमा भ्रमण भत्ता जस्ता अस्थायी वा भैपरी प्रकृतिको सामान्य रकम भुक्तानी लिएको भन्ने सम्म देखिएको,’ आदेशमा भनिएको छ , यसरी भुक्तानी लिएको कुरालाई नै आधार मानेर नेपालको संविधानको धारा ८६(१) (ङ) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(ङ) को प्रयोजनका लागि लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने देखिएन।’

सर्वोच्चको उक्त आदेशसँगै डा. तोसिमको उम्मेदवारी कायम रहने भएको हो । 

प्रकाशित मिति: १५:४४ बजे, सोमबार, कात्तिक २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्