प्रदेश ५ को राजधानी र नाम घोषणा सर्वसम्मत हुन्छ: मन्त्री चाैधरी
खस्यौली, पुस २ : प्रदेश नम्बर ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशको राजधानी र नामकरणको विषय राजनीतिक विषय भएको बताएका छ....

खस्यौली, पुस २ : प्रदेश नम्बर ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशको राजधानी र नामकरणको विषय राजनीतिक विषय भएको बताएका छन्।
बुटवलमा बुधबार आयोजित साक्षात्कारमा उनले प्रदेशको राजधानी र नामाकरण सकेसम्म सर्वसम्मत बनाउने प्रयास भएको जानकारी दिए। “राजधानी बुटवल हुने वा दाङ भन्ने प्रमुख कुरा हो तर बुटवललाई आधार मानेर राजधानी घोषणा हुन सक्छ, ” उनले भने।
कार्यक्रममा प्रदेशसभाका सदस्य सहसराम यादवले विशेष समितिले प्रदेशको राजधानी र नामकरणको विषयमा सिफारिस गरेको र अन्तिम टुङ्गो प्रदेशसभाले लगाउने बताए।
प्रकाशित मिति: १६:३९ बजे, बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











