Kathmandu Press

युएईले नेपाललाई दियो २६४ रनको लक्ष्य 

युएईले नेपाललाई दियो २६४ रनको लक्ष्य 

काठमाडौं, कात्तिक २८ : एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएइले नेपाललाई २६४ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेपछि पहिले ब्याटिङ गरेको युएइले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २६३ रन बनाएको हो । 

युएइका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रन बनाए ।  ७३ बल खेलेका उनले ७ चौका प्रहार गरे । ओपनर मुहमम्द वासिमले ४४ र वृत्य अरभिन्दले ४० रन बनाए । अलिशान शारफुले २९ र बसिल हमिदले १४ रन जोडे । आयान अफजल खानले २६ रन बनाए ।
 
नेपालका लागि गुलशन झाले २ विकेट लिए । उनले ६ ओभर बलिङ गर्दा २६ रन खर्चिए। सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए । युएईका तीन खेलाडी रनआउट भए ।

रोहितको नेपालका कप्तानको रुपमा एकदिवसीय अन्तर्राष्ट्रियमा यो पहिलो खेल हो । नेपाल क्रिकेट संघले चार दिनअघि उनलाई कप्तान बनाउने निर्णय गरेको थियो । 

प्रकाशित मिति: १३:२० बजे, सोमबार, कात्तिक २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्