सुकुम्वासीको समस्या समाधान गर्छौँ : पूर्वमन्त्री प्रधान
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेका नेता प्रधानले आज काठमाडौँ महानगरपालिका–२६ सङ्गम टोलमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै सुकुम्वासीको समस्या कांग्रेसले समाधान गर्ने बताए ।
काठमाडौं, कात्तिक २८ : नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले सुकुम्वासीको हक, हितका लागि आफ्नो पार्टीले सक्रियापूर्वक आवाज उठाउने बताएका छन् ।
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेका नेता प्रधानले आज काठमाडौँ महानगरपालिका–२६ सङ्गम टोलमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै सुकुम्वासीको समस्या कांग्रेसले समाधान गर्ने बताए ।
“केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर सुकुम्वासीका समस्या समाधान गर्छौँ”, उनले भने । संविधान निर्माणका लागि गठबन्धन निर्माण भएको उनको भनाइ थियो । गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१) का उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गीले सुकुम्वासी आयोगमार्फत काठमाडौँभित्रको सुकुम्वासीको समस्या गरिने बताए ।
उनले हरेक क्षेत्रमा महिला सहभागिता बढाउन सकेमात्र देशको विकास हुने उल्लेख गरे । “समाज र राष्ट्रको विकासका लागि मैले राजनीति गरेको हो, नमूना क्षेत्र निर्माणका लागि मेरो उम्मेदवारी हो”, उनले भने । कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गीले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनलाई विजय गराउनुपर्ने धारणा राखे ।