Kathmandu Press

गए राति गएकाे भूकम्पमा परी बैतडीमा एक जनाकाे मृत्यु

गए राति गएकाे भूकम्पमा परी बैतडीमा एक जनाकाे मृत्यु

बैतडी, कात्तिक २७ : गए राति गएको भूकम्पका कारण बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–१ सेल्तडाका ६६ वर्षीय हरि लुहार रहेका छन् । हरिको गए राति गएको भूकम्पका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए। उनले भने, 'भूकम्प जाने बेला घरभित्रै रहेका वृद्ध बाहिर भाग्ने क्रममा मृत्यु भएको हो।'

मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च स्वरूप रु २० हजार र बन्दोबस्तका सामग्री पनि हस्तान्तरण गरेको जोशीले बताए। उनले भने, 'आर्थिक अवस्था निकै नाजुक रहेको छ, तत्काल रु २० हजार किरिया खर्च र खाद्यान्नलगायत बन्दोबस्तको सामग्री पीडितको घरमै पुगेर हस्तान्तरण गरेका हौँ।' गए राति ८ बजेर १२ मिनेटमा बझाङको पटादेवल केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रकाशित मिति: १९:५८ बजे, आइतबार, कात्तिक २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्