दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप, एक गम्भीर घाइते

दार्चुला, कात्तिक २७ : दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। आइतबार दिउँसो भएकाे झडपमा गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन।
एमाले कार्यकर्ताकाे अाक्रमणबाट जयभान सिंह धामी घाइते भएका छन्। सामूहिक आक्रमणमा परेका धामीको अझै होस नआएको दार्चुला प्रहरीले जनाएकाे छ। जिल्लामा उपचार हुन नसकेपछि धामीलाई धनगढी रिफर गरिएको छ।
आक्रमणमा परेका धामी नेकपा (माओवादी केन्द्र) दार्चुला-काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष हुन्।
धामीको टाउकोमा रडले प्रहार गरिएको हुँदा अझै होस नआएको माओवादी केन्द्रका नेता तारादत्त भट्टले बताए।
प्रकाशित मिति: १८:४९ बजे, आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











