Kathmandu Press

देशको रक्षाका लागि नै एमाले जन्मिएको हो : ओली 

देशको रक्षाका लागि नै एमाले जन्मिएको हो : ओली 

काठमाडौं, कात्तिक २७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको रक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय स्वन्त्रताका लागि जन्मिएको पार्टी भएको बताएका छन् । 

आइतबार दैलेखमा आयोजित चूनावी सभामा ओलीले गठबन्धनमा रहेका दलहरुले राष्ट्रका लागि एउटा पनि राम्रा काम गर्न नसकेको भन्दै देशको रक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय स्वन्त्रताका लागि जन्मिएको एमालेले सयौं राम्रा काम गरेको बताएका हुन् । 

शेर बहादुर देउवा पटक पटक प्रधानमन्त्री भएपनि लोकतन्त्र दरवारमा बुझाउने लगाएतका प्रतिगमनका काममात्रै गरेको उनले बताए। त्यस्तै उनले अदालतबाट सेटिङ र जालझेल गरेर आफुलाई सरकारबाट हटाइएको तर्क गरे। 

ओलीले वर्तमान सरकारले बजेट बनाउने देखि सवै काममा सेटिङ गर्दै राज्यलाई लुट्ने काम गरेको धारणा राखे। एमाले सरकारले सुरु गरेको बिभिन्न राजमार्ग लगाएतका अन्य बिकास निर्माणका कामलाई अहिलेको सरकारले अलपत्र पारेको उनको आरोप छ । 

अध्यक्ष ओलीले यस पटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भन्दै फुटेका हाडीको गठबन्धनलाई नभए एमालेलाई निर्वाचित गर्नुपर्ने बताए ।

प्रकाशित मिति: १७:११ बजे, आइतबार, कात्तिक २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्