प्रधानमन्त्रीले उद्घाटन गरेका बिजुली बस हटाएर नयाँ ल्याइँदै
काठमाडौं, पुस २ : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका बिजुली बस हटाएर नयाँ बस ल्याइने भएको छ। ति बस सम्झौताअनुसार, नभएपछि नयाँ ल्याउन लागिएको....

काठमाडौं, पुस २ : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका बिजुली बस हटाएर नयाँ बस ल्याइने भएको छ। ति बस सम्झौताअनुसार, नभएपछि नयाँ ल्याउन लागिएको हो।
एसियाली विकास बैंक (एडीबी)को सहयोगमा लुम्बिनी विकास कोषका लागि एक वर्ष पाँच बिजुली बस भित्र्याइएका थिए। त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चिनियाँ विद्युतीय बस निर्माता कम्पनी बिवाइडीसँग सम्झौता गरेको थियो।
लुम्बिनी क्षेत्रमा सडक पूर्वाधार बनाउन्जेलसम्मका लागि साझा यातायातलाई चलाउन दिइएको थियो। काठमाडौंमा चलाउनका लागि प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए।
तर, ति बस सम्झौताअनुसार, नभएको पाइएपछि संचालन हुन सकेका छैनन्। एक वर्षदेखि थन्किएका छन्। मन्त्रालयले तोकेको स्पेसिफिकेसनअनुरुप, चीनमा निर्मित बस नभएको भन्दै लिन अस्वीकृत गरेको थियो। भुक्तानीसमेत रोकेर ति बस फिर्ता गरी टेन्डरमा तोकिएको स्पेसिफिकेसनअनुरूपका चीनमा निर्मित विद्युतीय बस ल्याउन बिवाईडीलाई निर्देशन दिएको थियो।
तर, बिवाईडीले आफ्नै खर्चमा बसमा रहेका प्राविधिक कमिकमजोरी सुधार गर्ने बताउँदै आएको थियो। ति बस स्वीकार गर्न सरकारमार्फत दबाब दिँदै आएको थियो। जति गर्दा पनि मन्त्रालयले नमानेपछि पुरानो बसको ठाउँमा नयाँ बस ल्याउन बिवाईडी तयार भएको मन्त्रालयले जनाएको छ।
पुरानो बसको ठाउँमा नयाँ बस ल्याउन तयारी भइरहेको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए। ‘हाम्रा प्राविधिकले नयाँ बसको कागजी प्रक्रियाको काम गर्दै छन्, प्राविधिक काम सकिएपछि खरिद प्रक्रियाको काम हुन्छ,’ प्रवक्ता तामाङले भने, ‘पुरानो सम्झौताअनुसारकै नयाँ बस ल्याउछौँ, स्पेसिफिकेसन नभएको पुरानो बसलाई छुने कुरै छैन्।’
एक वर्षदेखि ग्यारेजमा
प्रधानमन्त्री ओली उद्घाटन गरेका पाँच बिजुली बस एक वर्षदेखि साझा यातायातको ग्यारेजमा थन्किएका छन्। तत्कालीन पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले स्पेसिफिकेसनअनुसार नभएको जनाउँदै बस स्वीकार नगर्ने निर्णय गरेका थिए। र, सम्झौताअनुसारका बस उपलब्ध गराउन बिवाईडीलाई मन्त्रालयले पत्राचार गरेको थियो।
यि बस खरिद गर्न एडीबीले करिब २८ करोड रुपैयाँ सहयोग गरेको थियो। मन्त्रालयले लुम्बिनी क्षेत्रमा वायु प्रदुषण घटाउन २० सिट क्षमताको पाँच वटा विद्युतीय बस, सात सिट क्षमताको ११ वटा विद्युतीय कार र चार्जिङ स्टेसन खरिद प्रक्रिया अघि बढाएको थियो। एक करोड ७४ लाख रुपैयाँका दरले बस र ३५ लाखका दरले कार खरिदन गर्ने प्रक्रिया अघि बढाइएको थियो।
बसमा १७ कमजोरी
सम्झौता विपरित विद्युतीय बस खरिद भएको सूचना पाएपछि मन्त्रालयले अध्ययन कमिटी बनाएर छानबिन गरेको थियो। छानबिन समितिले विद्युतीय बसमा १७ वटा कमजोरी रहेको प्रतिवेदन मन्त्रालयमा बुझाएको छ।
खरिद सम्झौतामा ‘सी–६ विद्युतीय मिनीबस’ भन्ने उल्लेख भएपनि भारतीय बजारमा परीक्षणका लागि उत्पादन भएका ‘के–६ विद्युतीय बस’ नेपाल ल्याइएको प्रतिवेदनमा उल्लेख छ।
खरिद सम्झौतामा विद्युतीय बसको तौल सात हजार चार सय ६५ केजी हुनुपर्ने उल्लेख भएपनि पाँचै बसको तौल कम रहेको पाइएको थियो। बसको उत्पादन मिति स्पष्ट नखुलेको, गाडीको बत्ती, सिट बेल्ट, सूचीबोर्डसमेत मापदण्डभन्दा बाहिर रहेको छानबिनमा देखिएको थियो।












-(7)-1765197040.jpg)