एमाले अध्यक्ष ओलीले आज कर्णालीका तीन कार्यक्रमलाई सम्बोधन गर्ने

काठमाडौं, कात्तिक २७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन वटा जिल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
ओलीले बिहान कालिकोटको रोस्कोटमा आयोजित चुनावी सभलाई सम्बोधन गर्ने भएका छन् भने त्यसपछि दैलेखको जुम्बुकाँधमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने छन् ।
यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
प्रकाशित मिति: ०८:२० बजे, आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











