Kathmandu Press

लोकतन्त्र जोगाउन गठबन्धन : शिक्षामन्त्री पौडेल

ढोरपाटन नगरपालिका–३ पुर्कोटमा शनिबार आयोजित सत्ता गठबन्धनको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले संविधान मिचेर देशलाई बर्बादीतिर धकेल्न खोजिएपछि त्यस्तो प्रवृत्तिका विरुद्ध गठबन्धन गर्नुपरेको उल्लेख गरे ।
लोकतन्त्र जोगाउन गठबन्धन : शिक्षामन्त्री पौडेल

काठमाडौं, कात्तिक २७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशलाई अस्थिरतातिर जानबाट जोगाउन पाँचदलीय गठबन्धन बनेको बताएका छन् ।

ढोरपाटन नगरपालिका–३ पुर्कोटमा शनिबार आयोजित सत्ता गठबन्धनको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले संविधान मिचेर देशलाई बर्बादीतिर धकेल्न खोजिएपछि त्यस्तो प्रवृत्तिका विरुद्ध गठबन्धन गर्नुपरेको उल्लेख गरे ।

“देशलाई समस्याबाट मुक्त गर्नका लागि, परेका अप्ठ्यारा र लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन बनेको हो”, उनले भने, “दलका शीर्षनेताहरूले गठबन्धनको कुशलतापूर्वक अगुवाइ गरिरहनुभएको छ, यसमा हामी सबै प्रतिबद्ध छौँ ।”

मन्त्री पौडेलले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सत्ता गठबन्धनले नै जित्ने दाबी गरे । उनी बागलुङ–२ बाट प्रनिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन् । उनी विसं २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए । 

प्रकाशित मिति: ०७:२१ बजे, आइतबार, कात्तिक २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्