Kathmandu Press

हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी  प्रदेशको पहाडी  भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं, कात्तिक २७ : देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी  प्रदेशको पहाडी  भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

 प्रदेश नं १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक,दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम  प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
 
प्रकाशित मिति: ०७:१६ बजे, आइतबार, कात्तिक २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्