३७ बलमै ज्ञानेन्द्रकाे शतक, धनगढीलाई १८६ रनको लक्ष्य
पोखरा, पुस २ : पोखरा प्रिमियर लिग (पीपीएल)अन्तर्गत बुधबारको खेलमा ज्ञानेन्द्र मल्लले विस्फोटक ब्याटिङ गरेका छन्।
टस हारेर ब्याटिङको निम्तो प....
पोखरा, पुस २ : पोखरा प्रिमियर लिग (पीपीएल)अन्तर्गत बुधबारको खेलमा ज्ञानेन्द्र मल्लले विस्फोटक ब्याटिङ गरेका छन्।
टस हारेर ब्याटिङको निम्तो पाएको काडमाडौं गोल्डेन आरियर्सका लागि कप्तान ज्ञानेन्द्रले ३७ बलमै शतक ठोके। उनले नौ छक्का र आठ चौका प्रहार गरे।
उनको विस्फोटक शतकमा काठमाडौंले १७ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८५ रन बनाएको छ। काठमाडौंका लागि जयक्रिसन कोसवालले ४६, अमित श्रेष्ठले ३४ रनको योगदान दिए।
ईक्सपर्ट धनगढीका लागि कमलसिंह ऐरीले चार र सागर ढकालले एक विकेट लिए। अन्य बलर भने महंगा सावित भए।
प्रतिउत्तरमा धनगढीले तीन ओभरमा १३ बनाउँदा एक विकेट गुमाएको छ।
प्रकाशित मिति: ११:५६ बजे, बुधबार, पुस २, २०७६
थप समाचार






