Kathmandu Press

राजनीतिक स्थायित्व र संविधान रक्षाका लागि आगामी निर्वाचन महत्वपूर्ण : मन्त्री भुसाल

शनिबार ललितपुरको सातदोबाटो युथ क्लबको नवाैं वार्षिक साधारणसभामा बोल्दै भुसालले संसदलाई पूरा कार्यकाल सञ्चालन गर्न तथा मुलुकको व्यवस्था र संविधानका साथै राजनीतिक स्थायीत्वका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताएकी हुन्।
राजनीतिक स्थायित्व र संविधान रक्षाका लागि आगामी निर्वाचन महत्वपूर्ण : मन्त्री भुसाल

ललितपुर, कात्तिक २६ : लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर ३ का उम्मेदवार पम्फा भुसालले राजनीतिक स्थायित्वका साथै संविधानको रक्षाका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताएकी छन्।

शनिबार ललितपुरको सातदोबाटो युथ क्लबको नवाैं वार्षिक साधारणसभामा बोल्दै भुसालले संसदलाई पूरा कार्यकाल सञ्चालन गर्न तथा मुलुकको व्यवस्था र संविधानका साथै राजनीतिक स्थायीत्वका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताएकी हुन्।

पाँच बर्ष चल्ने सरकारले मुलुकको आर्थिक बिकासको एजेण्डालाई अघि बढाउनुपर्ने उनको भनाइ छ। त्यस्तै उनले आफूले यसअघि थालनी गरेको विकासका कामलाई निरन्तरता दिन पुनः उम्मेदवारी दिएको बताइन्।

ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोडेर आगामी पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्ने  उनले बताइन्।

कार्यक्रममा  सोही क्षेत्रका ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ की उम्मेदवार डा. तोसिमा कार्कीले मुलुकको बिकास र जनताको सेवाका लागि भन्दै पटक पटक दलहरुको प्रतिवद्धता आएपनि पुरा हुने भने नसकेको बताइन्। उनले विभिन्न एजेन्डाका साथै इमान्दारी आफ्नो नयाँ एजेन्डा भएको बताइन्।

त्यस्तै ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार अमृत खड्काले आफ्नो भिजन र क्षमतालाई पत्याएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) सो पटक टिकट दिएको बताए।  यो क्षेत्रबाट यसअघि २ पटक नेकपा माओवादी केन्द्रबाट निर्वाचित भई पटक पटक मन्त्री बनेकी पम्फा भुसाल तेस्रो पटक  चुनावी प्रतिष्पर्धामा छिन्। 

प्रकाशित मिति: १८:१० बजे, शनिबार, कात्तिक २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्