स्वयम्भू स्तुपानजिकैकाे जंगलमा १४ वर्षीया बालिका बलात्कृत
बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन्।
काठमाडौं, कात्तिक २६ : काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्तुपानजिकैकाे जंगलमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन्।
बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्ने युवक धादिङकाे सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरी रहेकाे प्रहरीले पक्राउ गरेको छ। गिरी शुक्रबार राति पक्राउ परेका हुन्।
बालिकालाई ललाईफकाई स्वयम्भू स्तुपानजिकै जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएकाे छ। बलात्कारको खबर पाउनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ।
प्रकाशित मिति: १६:५४ बजे, शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











