देशको विकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक : ओली
शनिबार डोटीको दिपायलमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै ओलीले देश फुटेका हाँडीका टुक्रा जोडर मुलुक बन्न नसक्ने भन्दै देशको बिकासका र समृद्धिका लागि एमाले जस्तो सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका हुन्।
डोटी, कात्तिक २६ : नेकपा एमालेका अध्यक्ष ओली केपी ओलीले देशको विकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन्।
शनिबार डोटीको दिपायलमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै ओलीले देश फुटेका हाँडीका टुक्रा जोडर मुलुक बन्न नसक्ने भन्दै देशको बिकासका र समृद्धिका लागि एमाले जस्तो सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका हुन्।
उनले गठबन्धन दलहरुले जनताको आखामा छारो हाल्न रंगीबिरंगी घोषणापत्र छापेको बताए। ओलीले समृद्ध नेपाल र सुखी नेपाली गठबन्धनको उदेश्य नै नभएको र देश बनाउने भिजन एमालेसँग मात्रै रहेको दाबी गरे।
उनले बिनापूवाग्रह राष्ट्र निर्माणको अभियानमा जुट्नुपर्ने र सहि नेतृत्व चयन गर्नुपर्ने उल्लेख गरे। एमाले अध्यक्ष ओलीले देशभर नेकपा एमालेको बहुमतको सरकार गठन गर्ने गरि जनता तयार रहेको भन्दै एमालेको बिरोधमा जनतालाई भ्रम छर्न खोज्ने प्रयत्नलाई असफल बनाईने धारणा राखे।
उनले सुरक्षाकर्मी तथा निर्वाचनमा खटिएकाहरुले संविधान र कानुनबमोजिम निष्पक्ष निर्वाचन सम्पन्न गर्नका लािग निर्वाचन आयोगलाई सहयोग गर्ने विश्वास व्यक्त गरे।