टेकप्रसाद गुरुङकाे निवासमा प्रधानमन्त्री देउवा
उनले पार्टी केन्द्रीय सदस्य गुरुङसहित परिवारजनमा समवेदना र स्व. शिरमाया गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरे।
चितवन, कात्तिक २६ : प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ निवास पुगेका छन्।
गुरुङकी पत्नी शिरमाया गुरुङको यही कात्तिक २० गते निधन भएको थियो। गुरुङ परिवारमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङ निवासमा पुगेको हुन्।
उनले पार्टी केन्द्रीय सदस्य गुरुङसहित परिवारजनमा समवेदना र स्व. शिरमाया गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरे।
प्रधानमन्त्री देउवालाई शीरमायाको निधनका कारणबारे जानकारी गराइएको थियो। फोक्सोको क्यान्सरका कारण पछिल्लो केही समययता उहाँ अस्वस्थ हुनुहुन्थ्यो । उहाँको ७४ वर्षको उमेरमा निधन भएको हो।
उनीसँगै पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरू उपस्थित थिए।
प्रकाशित मिति: १३:५१ बजे, शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











