Kathmandu Press

चुनावी सभालाई सम्बोधन गर्न चितवन पुगे प्रधानमन्त्री देउवा

सत्ता गठबन्धनले आयोजना गरेको आसन्न निर्वाचन लक्षित संयुक्त सभालाई सम्बोधन गर्न उनी आज (शनिबार) चितवन गएका हुन्। 
चुनावी सभालाई सम्बोधन गर्न चितवन पुगे प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक २६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन पुगेका छन्।

सत्ता गठबन्धनले आयोजना गरेको आसन्न निर्वाचन लक्षित संयुक्त सभालाई सम्बोधन गर्न उनी आज (शनिबार) चितवन गएका हुन्। त्यहाँका नेताकार्यकर्ताले उनकाे भव्य स्वागत गरेका छन्। 

भरतपुरमा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, डा। बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए।

गठबन्धनबाट चितवन १ मा कांग्रेसका विश्वराज पौडेल, २ मा कांग्रेसबाटै उमेश श्रेष्ठ र ३ मा माओवादी केन्द्रबाट भोजराज अधिकारी उम्मेदवार छन्। नेकपा एमालेबाट क्षेत्र नं. १ मा सुरेन्द्र पाण्डे, २ मा कृष्णभक्त पोखरेल उम्मेदवार छन्। ३ मा भने एमालेले उम्मेदवारी दिएको छैन।

चितवमा एमालेले कात्तिक २८ गते चुनावी सभा गर्दैछ। एमाले अध्यक्ष केपी ओलीले सभालाई सम्बोधन गर्नेछन्।

प्रकाशित मिति: १३:१७ बजे, शनिबार, कात्तिक २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्