एमालेले फराकिलो मतान्तरले जित हासिल गर्ने उपाध्यक्ष पौडेलकाे दाबी
रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार पौडेलले शनिवार घरदैलो गर्नेे क्रममा पत्रकारहरुसगँ बोल्दै पहिलेको भन्दा फराकिलो मतान्तरले जीत हासिल गर्ने दाबी गरेका हुन्।
काठमाडाैं, कात्तिक २५ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पहिलेको निर्वाचनमा भन्दा फराकिलो मतान्तरले जित हासिल गर्ने दाबी गरेका छन्।
रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार पौडेलले शनिवार घरदैलो गर्नेे क्रममा पत्रकारहरुसगँ बोल्दै पहिलेको भन्दा फराकिलो मतान्तरले जीत हासिल गर्ने दाबी गरेका हुन्।
उपाध्यक्ष पौडेलले घरदैलो गर्ने क्रममा जनताले आफुहरुलाई देखाएको उत्साहपूर्ण सहभागिता,माया र आर्शिवादले पनि आफुले जित्ने कुरामा दुइमत नभएको बताए।
उनले विगतका निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा जनताले देखाएको समर्थनले आफू उत्साहित बनेको प्रतिक्रिया दिए। पौडेलले रुपन्देहीलाई विकासको हिसावले देशकै नमुना जिल्ला बनाउन आफु लाग्ने बताए।
उपाध्यक्ष पौडेलले रुपन्देहीलाई हरेक दृष्टिकोणले सम्पन्न गर्ने कुरामा आफु लागी पर्ने बताउदै सबै मतदाताहरुलाई एमालेलाई जिताउन आग्रह गरे।