Kathmandu Press

पाँचखालमा ठुला विकास योजनाको कमी हुँदैन : हुमागाई

आज पाँचखाल नगरपालिकामा लोकतान्त्रिक वाम गठबन्धनको नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उम्मेदवार हुमागाईले पाँचखाललाई विकास निर्माणमा कहिल्यै पछि नपार्ने ठोकुवा गरे।
पाँचखालमा ठुला विकास योजनाको कमी हुँदैन : हुमागाई

काभ्रपलाञ्चोक, कात्तिक २६ : काभ्रे प्रतिनिधि सभा २ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार शिवप्रसाद हुमागाईंले आफूहरुले कहिल्यै विकासको विरोध नगरेको र आगामी दिनमा पनि नगर्ने बताएका छन्। 

आज पाँचखाल नगरपालिकामा लोकतान्त्रिक वाम गठबन्धनको नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उम्मेदवार हुमागाईले पाँचखाललाई विकास निर्माणमा कहिल्यै पछि नपार्ने ठोकुवा गरे।

 ‘समृद्ध पाँचखाल निर्माणका लागि मेरो विशेष भुमिका रहनेछ। किन भने म २०५६ सालमा सांसद भैसकेको ब्यक्ति हुँ । काभ्रे जिल्लालाई मैले राम्रोसँग बुझेको छु। म विकास विरोधी हुनै सक्दिन। म कुनै पद वा भुमिकामा नहुँदा पनि काभ्रे जिल्लालाई बिर्सेको छैन्। तपाईहरुको साथमै छु,’ हुमागाईले भने।’

पाँचखालमा ठुल्ठुला विकासका परियोजना सञ्चालन गर्ने हुमागाईले बताए। ‘अहिले चलिरहेका ठूला विकासका योजनालाई हामी जति सक्दो छिटो सम्पन्न गराउने छौं। थप ठुला योजनाका बारे तपाईहरुसँगै अन्तरक्रिया गरेर ठोस योजना बनाउँछौं,’ उनले भने, ‘विपक्षीले भ्रम सिर्जना गरिरहेका छन्। हामी जनताको इच्छा भन्दा बाहिर गएर काम गर्दैनौं। आवश्यकताको आधारमा योजना बनाएर बजेटको ब्यवस्थापन गर्दछौं।’ 

पाँचखाल बृहत् सुनकोसी आयोजनालाई जतिसक्दो छिट्टै सम्पन्न गरेर पाँचखालवासीको घरघरमा पानी पुर्याउन लागि पर्ने हुमागाईको भनाइ थियो।

 ‘यो खानेपानी आयोजना पाँचखाल नगरवासीका लागि सबैभन्दा पनि महत्वपूर्ण परियोजना हो। यसलाई जतिसक्दो छिटो सकाउन मेरो भूमिका रहनेछ।

यो खानेपानी आयोजनाका लागि उपभोक्ताहरुले पनि लगानी गरेका छन्। त्यो लगानी परिपूर्ति गर्न र थप आयआर्जन बढाउन नगरपालिकासँग बसेर योजना बनाउँछौं। पाँचखालमा सिँचाईको भरपर्दो योजना बनाएर काम गर्नेछौं,’ हुमागाईले भने।

प्रकाशित मिति: १२:४६ बजे, शनिबार, कात्तिक २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्