Kathmandu Press

महन्थले भने– यो अन्तिम पटक हो, अब चुनाव लड्दिनँ

महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी उनले यसपछि आफूले अब निर्वाचन नलड्ने बताएका छन्।
महन्थले भने– यो अन्तिम पटक हो, अब चुनाव लड्दिनँ

महोत्तरी, कात्तिक २६ : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यसपटक आफ्नो उम्मेदवारी अन्तिम भएको बताएका छन् ।

महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी उनले यसपछि आफूले अब निर्वाचन नलड्ने बताएका छन्। अध्यक्ष ठाकुरले घरदैलोका क्रममा मतदातालाई आफूलाई अन्तिमपटकका लागि भोट दिन आग्रह गर्दै गरेका छन्।

यसअघि २०७४ पनि यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ठाकुरले मधेसको पहिचान र हक–अधिकारसम्बन्धी केही काम गर्न बाँकी रहेकाले त्यही बाँकी काम गर्नका लागि आफूलाई पुनः एकपटक जिताउन जनतासँग आग्रह गर्दै मत गरिहेका छन्।

मतदाताले विकासको कुरा गर्दा उनले विकासभन्दा पनि कानुन निर्माणका लागि र मधेस तथा मधेसीको हक–अधिकार स्थापित गराउनका लागि बढी  समय दिने गरेको तर्क गरे।

साथै आफूले आफ्नो बजेटले भ्याएसम्म आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न जातजातिका देवी– देवताको मठमन्दिर, मस्जिद, पर्खाल, घेरा र सडक निर्माणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि काम गरेको र अझै पनि गर्दै जाने बर्ताए।

प्रकाशित मिति: १२:२४ बजे, शनिबार, कात्तिक २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्