‘सोल अफ द कमान्डो’ को ट्रेलर सार्वजनिक
एक मिनेट चालिस सेकेन्ड लामो ट्रेलर फुल एक्सन बेसमा बनाइएको छ। ट्रेलरमा राजकुमार राईको एक्सनका दृश्यहरु लाइ बिसेष स्थान दिइएको छ।
काठमाडौं, कात्तिक २६ : मंसिर २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको एक्सन चलचित्र ‘सोल अफ द कमान्डो’ को ट्रेलर सार्वजनिक गरिएको छ।
एक मिनेट चालिस सेकेन्ड लामो ट्रेलर फुल एक्सन बेसमा बनाइएको छ। ट्रेलरमा राजकुमार राईको एक्सनका दृश्यहरु लाइ बिसेष स्थान दिइएको छ।
राजकुमार राईले २४ वर्षपछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट अभिनय क्षेत्रमा पुनरागमन गरेका छन्। उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भुमिका निर्वाह गरेका थिए । अहिले पनि उनलाई मुख्य भुमिकामा नै देख्न सकिन्छ।
मिलन राइको कथा र सनम जेबीआर रानाको स्क्रिप्ट रहेको फिल्ममा शिशिर वाङ्ग्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा,रुपेश झा,पुष्प श्रेष्ठ,सीमा राई, नरेन्द्र लिम्बु, कमला खापुङ लिम्बु, सुष्मिता लिम्बुलगायतको अभिनय छ।
फिल्मको निर्देशन युवराज राईले गरेका फिल्म मिलन राई,रवि थापा र धन लिम्बूले निर्माण गरेका हुन्। फिल्ममा आनन्द राई र सन्तोष दुमी राईको संगीत छ।












