पुस लागेसँगै देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम यो वर्षकै न्यून
काठमाडौं, पुस २ : पुस लागेसँगै चिसो बढेको छ । लगातारको वर्षा र हिमपात रोकिएपछि चिसो झन् बढेको हो ।
काठमाडौं उपत्यका र तराईसहित देशका धेरै ठा....

काठमाडौं, पुस २ : पुस लागेसँगै चिसो बढेको छ । लगातारको वर्षा र हिमपात रोकिएपछि चिसो झन् बढेको हो ।
काठमाडौं उपत्यका र तराईसहित देशका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न नसक्दा वढी चिसोको महशुस भएको छ । तराईमा हुस्सुसँगै चिसो हावा चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् । बजारमा पनि चहलपहल कम हुँदै गएको छ ।
चिसोका कारण वृद्धवृद्धा, बालबालिका र मजदुर धेरै समस्यामा परेका छन् । काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
मंगलबार बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको थियो । अझै तापक्रम घट्न सक्ने मौसमविद्हरुले बताएका छन् ।











