Kathmandu Press

राष्ट्रपतिका कारण नागरिकहरु नागरिकताविहीन भए : कांग्रेस नेता शाह 

राष्ट्रपतिका कारण नागरिकहरु नागरिकताविहीन भए : कांग्रेस नेता शाह 

काठमाडौं, कात्तिक २५ : नेपाली कांग्रेसका नेता एवं रुपन्देही क्षेत्र नं.५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरत शाहले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई रोकेर धेरै नागरिकहरुलाई नागरिकता विहिन पारेको आरोप लगाएका छन् । 

रुपन्देही क्षेत्र नं.५ को सैनामैनामा घरदैलौ गर्ने क्रममा बौल्दै शाहले राष्ट्रपति भण्डारी पदमा रहुन्जेल नागरिकता विधेयक रोकेर राख्ने भन्दै आगामी निर्वाचन पछि राष्ट्रपति परिवर्तन गरेर नागरिकता विधेयक पास गर्ने बताए। 

शाहले केपी ओलीले दुई दुई संसद भंग गरेर जनताको मतको अपमान गरेकाले अब एमालेलाई मत दिन नहुने तर्क गरे। उनले केपी ओलीबाट प्रजातन्त्र,लोकतन्त्रको रक्षा नहुने भन्दै ओली गणतन्त्र,संघियताको विरोधी रहेको तर्क गरे।

रुपन्देही रुपन्देही क्षेत्र नं.५ मा गठबन्धनका तर्फबाट कांग्रेसका भरत कुमार शाह र नेकपा एमालेका तर्फबाट बासुदेव घिमिरे चुनावी मैदानमा उत्रिएका छन्। 

 

प्रकाशित मिति: १४:५६ बजे, शुक्रबार, कात्तिक २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्