Kathmandu Press

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेता चितवन जाँदै

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए। 
प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेता चितवन जाँदै

काठमाडौं, कात्तिक २५ : लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार यहाँ आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू जाने भएका छन्। 

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए। 

यस्तै नेकपा एमालेले चितवनमा चुनावी सभा गर्दैछ। कात्तिक २८ गते गर्ने सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली चितवन आउने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ।

प्रकाशित मिति: १२:४२ बजे, शुक्रबार, कात्तिक २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्