Kathmandu Press

रोनाल्डोको कप्तानीमा पोर्चुगलको टिम घोषणा 

रोनाल्डोसँगै फर्वार्डमा जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस र आन्द्रे सिल्भा छन्। घाइते फरवार्ड डिएगो जोटाले भने विश्वकप गुमाउने भएका छन्।  
रोनाल्डोको कप्तानीमा पोर्चुगलको टिम घोषणा 

काठमाडौं, कात्तिक २५ : कतारमा हुने फिफा विश्वकप फुटबल २०२२ का लागि पोर्चुगलको टोली घोषणा गरेको छ। क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोली घोषणा भएको हो। 

रोनाल्डोसँगै फर्वार्डमा जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस र आन्द्रे सिल्भा छन्। घाइते फरवार्ड डिएगो जोटाले भने विश्वकप गुमाउने भएका छन्।  

मिडफिल्डिङमा विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा र भिटिन्हा समेटिएका छन्। अनुभवी मिडफिल्डर जोआओ माउटिन्हो, गोन्कालो गुएडेस र पिएसजीका मिडफिल्डर रेनाटो सान्चेसले टोली स्थान बनाउन सकेनन्। 

डिफेन्डरमा जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा र एन्टोनियो सिल्भा छन्। यस्तै, गोलकिपर डिओगो कोस्ट, रुई प्याट्रिसियो र जोसे सा छन्। 

प्रकाशित मिति: ०७:३९ बजे, शुक्रबार, कात्तिक २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्