Kathmandu Press

डा. गोविन्द केसीले मागे कांग्रेस नेता गगन थापाकाे लागि मत

डा. गोविन्द केसीले मागे कांग्रेस नेता गगन थापाकाे लागि मत

काठमाडाैं, कात्तिक २४ : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं–४ का उम्मेदवार गगन थापाका लागि मत मागेका छन् ।

एक भिडियो सन्देशमा मेडिकल शिक्षा, स्वास्थ्य क्षेत्र र सुशासनको आफ्नो अभियानमा गगन थापाले एक दशकदेखि साथ दिएको बताउँदै उनले भने, ‘कति उपलब्धी त उहाँको सहयोग नभएको भए प्राप्त हुँदैनथ्यो, गगन थापा र उहाँजस्तै चरित्र भएका सबै युवा नेतालाई शुभकामना छ ।’

आफ्नो विवेकमा उभिएर बोल्ने र त्यसमै अडिग रहन सक्ने युवा नेताहरुको सानो सूची रहेको भन्दै उनले गगन थापा उक्त सूचीको अग्रपंक्तिमा रहेको पनि बताएका छन् ।

प्रकाशित मिति: १९:१८ बजे, बिहीबार, कात्तिक २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्