विश्वकपका लागि जर्मनीको टिम घोषणा
विश्वकपका लागि घोषणा गरिएको टिममा युवा र अनुभवी खेलाडीको समीश्रण छ।
काठमाडाैं, कात्तिक २५ : मुख्य प्रशिक्षक हान्सी फ्लिकले कतार विश्वकपका लागि जर्मनीको टिम घोषणा गरेका छन्। फ्लिकले बिहीबार २६ सदस्यी टिम घोषणा गरेका छन्।
विश्वकपका लागि घोषणा गरिएको टिममा युवा र अनुभवी खेलाडीको समीश्रण छ। टिममा थोमस मुलर, म्यानुअल नुयर, मारियो गोट्जे, इल्केइ गुन्डोनजस्ता अनुभवी खेलाडी छन् भने जमाल मुसियाला, युसुफा मोउकुकु, करिम एडेमीजस्ता युवा खेलाडी पनि छन्।
यता, अनुवभी स्ट्राइकरद्वय मार्को रिउस र टिमो वेर्नन भने टिमा अटाउन सकेनन् । दुवै खेलाडी घाइत भएकाले टिममा नपरेका हुन्।
कतार विश्वकपमा जर्मनी समूह एचमा छ । यो समूहमा स्पेन, जापान र कोस्टारिका छन्। जर्मनीले नाभेम्बर २३मा जापान, २७मा स्पेन र डिसेम्बर १मा कोस्टारिकासँग खेल्ने छ।
यस्तो छ जर्मनीको टिम ?
- गोलकिपर : म्यानुअल नुयर (बायर्न म्युनिख), मार्क आन्द्रे डेर स्टेगन (बार्सिलोना), केभिन ट्राप (फ्रांकफर्ट) ।
- डिफेन्डर : अर्मल बेला कोट्चाप (साउथ ह्याम्पटन), म्याथिस गिन्टर (फ्रेइबर्ग), क्रिस्टियन गुन्टर (फ्रेइबर्ग), थिलो केरर (वेस्टह्याम), लुकास क्लोस्टरमन (आरबी लेइपजिग), डेविड राउम (आरबी लेइपजिग), एन्टोनियो रुडिगुरु (रियल मड्रिड), निको सल्टरब्याक (बोरुसिया डर्टमन्ड), निक्लस सोल (बोरुसिया डर्टमन्ड) ।
- मिडफिल्डर : जोसुआ किमिच (बायर्नम्युनिख), लियोन गोर्टेज्का (बायर्न म्युनिख), जुलियन ब्रान्ट (बोरुसिया डर्टमन्ड), निक्लस फुलक्राग (वेर्डर ब्रेमेन), मारियो गोट्जे (फ्रांकफर्ट), इल्के गुन्डोगान (म्यान्चेस्टर सिटी), जान्स होफमन (मान्चेन ग्लाड्बाच) ।
- स्ट्राइकर : करिम एडेमी (बोरुसिया डर्टमन्ड), युसुफा मोउकुकु (बोरुसिया डर्टमन्ड), सर्ज गनाब्री (बायर्न म्युनिख), लिरोए सानो (बायर्न म्युनिख), काइ हाभेर्टज (चेल्सी), जमाल मुसियाला (बायर्न म्युनिख), थोमस मुलर (बायर्न म्युनिख) ।
प्रकाशित मिति: १८:३३ बजे, बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











