Kathmandu Press

चीनसँग व्यावसायिक सम्बन्ध विकास हुनु ठुलो अवसर : उपराष्ट्रपति पुन

बिहीबार काठमाडौंमा नेपाल चीन उद्योग वाणिज्य सङ्घको २३औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले संसारमा निकट भविष्यमै विश्वको आर्थिक महाशक्तिको नेतृत्व गर्ने उद्देश्य बोकेको चीनसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हुनु अवसर भएको बताएका हुन्।
चीनसँग व्यावसायिक सम्बन्ध विकास हुनु ठुलो अवसर : उपराष्ट्रपति पुन

काठमाडाैं, कात्तिक २४ : उपराष्ट्रपति नन्दबहादुर पुनले चीनसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हुनु नेपालका लागि ठुलो अवसर भएको बताएका छन्।

बिहीबार काठमाडौंमा नेपाल चीन उद्योग वाणिज्य सङ्घको २३औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले संसारमा निकट भविष्यमै विश्वको आर्थिक महाशक्तिको नेतृत्व गर्ने उद्देश्य बोकेको चीनसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हुनु अवसर भएको बताएका हुन्।

उनले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रको भूमिका अझै प्रभावकारी बन्ने धारणा राखे।  उपराष्ट्रपति पुनले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाएको नेपालको व्यापार अवस्था भने सन्तोषजनक नरहेको उल्लेख गरे। प्रत्येक नेपालीको आर्थिक सामाजिक रूपान्तरणसहितको समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि नेपाली अर्थतन्त्रमा व्यापक सुधार गर्नुपर्ने उनको भनाइ छ।

उहाँले कृषिजन्य उत्पादन, जडीबुटी तथा खानीजन्य सामग्री चीनतर्फ निर्यात गर्न सकिने बताए। नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र चीनबीच रहेका मुख्य दुई तातोपानी र केरुङ नाका पूर्ण क्षमतामा सञ्चालनका लागि दुवै तर्फबाट पहल हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १८:०५ बजे, बिहीबार, कात्तिक २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्