विश्वकपका लागि बेल्ज्यिमको टिम घोषणा, हजार्ड दाजुभाइ नै टिममा
बेल्जियन टिममा हाजार्ड दाजुभाइले नै स्थापन बनाएका छन्। इडेन हाजार्ड रियल मड्रिडका लागि खेल्छन् भने भाइ थोर्गन बोरुसिया डर्टमन्डबाट खेल्छन्।
काठमाडाैं, कात्तिक २४ : मंसिर ४ बाट कतारका सुरु हुने विश्वकप फुटबलका लागि बेल्जियमको टिम घोषणा भएको छ। प्रशिक्षक रोबर्टो सान्चेजले बिहीबार २६ सदस्यीय टिम घोषणा गरेका हुन्।
बेल्जियन टिममा हाजार्ड दाजुभाइले नै स्थापन बनाएका छन्। इडेन हाजार्ड रियल मड्रिडका लागि खेल्छन् भने भाइ थोर्गन बोरुसिया डर्टमन्डबाट खेल्छन्।
यस्तै, टिममा अनुभवी खेलाडीहरु केभिन डे ब्रयन, रोमेलु लुकाकु, थिवो कोर्टुवा, जान भेट्रोनगन, एलेक्स विट्सेल, यानिक करास्को, टोबी अल्डरविल्ड, थोमस मुनियरलगायत छन्।
विश्वकपमा बेल्जियम समूह एफमा छ । यो समूहमा बेल्ज्यिमसँगै क्यानडा, मोरक्को र क्रोएसिया छन्। बेलिज्यमले नोभेम्बर २४ मा क्यानडासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।

बेल्जियमन टिम
- गोलकिपर : थिवो कोर्टुवा, साइमन मिनिले, कोइन क्यास्टिल ।
- डिफेन्डर : जान भेट्रोनगन, टोबी अल्डरविल्ड, लियन्डर डेन्डोन्कर, जेनो डेबस्ट, अर्थुर थिएट, वुट फेस ।
- मिडफिल्डर : हान्स भान्केन, एलेक्स विट्सेल, युरी टिलेमन्स, अमाडोउ ओनाना, केभिन डे ब्रुयन, यानिक करास्को, थोर्गन हाजार्ड, तिमोथी क्यास्टेग्ने, थोमस मुनियर ।
- स्ट्राइकर : रोमेलु लुकाकु, मिची बात्सुइ, लोइस ओपेन्डा, चार्लस डे केटाइरी, इडेन हाजार्ड, जेरेमी डोकु, डियर्स मर्टेन्स, लियन्द्रो ट्रोसाड ।
प्रकाशित मिति: १७:५३ बजे, बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











