Kathmandu Press

नेकपाको एकता प्रचण्डले ताेडेको ओलीकाे आरोप

बिहीबार झापा क्षेत्र नम्बर ४ , सिबगन्जमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै ओलीले एकठाँउमा बस्ने नसक्ने प्रचण्डको चूलबुले बानीका कारण नेकपाको एकता तोडेको आरोप लगाएका हो।
नेकपाको एकता प्रचण्डले ताेडेको ओलीकाे आरोप

झापा, कात्तिक २४ : एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको एकता ताेडेको आरोप लगाएका छन्। 

बिहीबार झापा क्षेत्र नम्बर ४ , सिबगन्जमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै ओलीले एकठाँउमा बस्ने नसक्ने प्रचण्डको चूलबुले बानीका कारण नेकपाको एकता तोडेको आरोप लगाएका हो।

पार्टी एकीकरण गरिसकेपछि एकतवद्ध पार्टीमा बसेर देश बनाउनुपर्नेमा केहि कार्यकर्तालाई प्रचण्डले अल्मलाएर आफैसंग लगेको उहाको भनाइ छ। उनले माओवादीका केहि नेताहरुले पार्टीलाई पारिवारीक चंगोल बनाएको तर्क गरे।

अध्यक्ष ओलीले एमालेको देश बनाउने बाहेक अन्य कुनै स्वार्थ नभएको भन्दै गठबन्धन छाडेर एमालेमा आउन कांग्रेस र माओवादीका नेता कार्यकर्तालाई आग्रह गरे।

त्यस्तै ओलीले एमालेले अघि बढाएको बिकासको अभियानलाई अघि बढाउन आगामी निर्वाचनमा जित्नै पर्ने र पाँच बर्ष देश बनाएरै छाड्ने जिकिर गरे।

ओलीले नेपाल जस्तो देश गरिबी हुनुपर्ने कुनै कारण नै नरहेकोले एमाले सरकारले समृद्ध बनाउने दाबी गरे। यसपटकको निर्वाचनमा केहि सिटमा राप्रपासंग भएको तालमेलको सहमतिलाई कार्यान्वयन गर्ने उहाले बताए।

कार्यक्रममा विभिन्न दलका कार्यकर्तालाई अध्यक्ष ओलीले एमाले प्रवेश गराएका थिए। 
 

प्रकाशित मिति: १७:१६ बजे, बिहीबार, कात्तिक २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्