Kathmandu Press

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार नौ सय छ।
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडाैं, कात्तिक २४ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु ९५ हजार चार सय कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार नौ सय छ।

त्यस्तै आज चाँदीको मूल्य बुधबारका तुलनामा प्रतितोला रु १० ले ओरालो लागेको महासङ्घले जनाएको छ।

अघिल्लो दिन प्रतितोला रु एक हजार दुईसय ९५ मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार दुई सय ८५ तोकिएको छ। 

प्रकाशित मिति: १२:१५ बजे, बिहीबार, कात्तिक २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्