Kathmandu Press

आठ दिनमा पोर्चुगलमा तीन नेपालीको मृत्यु

लिस्वन, पुस १ : पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ। पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ।
....

आठ दिनमा पोर्चुगलमा तीन नेपालीको मृत्यु
सांकेतिक

लिस्वन, पुस १ : पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ। पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ।
 
थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स–परिवार पोर्चुगल बस्दै आएका थिए। उनलाई मधुमेह र उक्त रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ। थापाको अन्तिम दाहसंस्कार पोर्चुगलमै गरिने एनआरएनए पोर्चुगलका सचिव यमेन्द्र घर्तीमगरले बताए। 

यसैगरी डिसेम्बर ८ का दिन नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठकको निधन भएलगत्तै गत मङ्गलबार करीब एक वर्षअघि पोर्चुगल आएका पोखराका २९ वर्षीय  युवकको उनकै कोठामा मृत्यु भएको थियो। ती पोखरेलीको नामसहितको विवरण प्राप्त भए पनि मृतकका परिवारको सल्लाहअनुसार सार्वजनिक नगर्न एनआरएनए पोर्चुगलले अनौपचारिक जानकारी गराएको छ।

उनको शव जोजेजु आकिम फेर्नान्दिस अस्पताल बेजामा राखिएको छ। शव परीक्षण रिपोर्टमा अत्यधिक मद्यपानका कारण बान्ता गर्दा श्वासप्रश्वास नली बन्द भई अक्सिजनको कमी हुँदा मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै प्रवासी नेपाली एकता मञ्चका सदस्य नारायण शर्माले बताए।  मृतकको शव नेपाल पठाउनका लागि प्रक्रिया अगाडि बढाइएको एनआरएनएले जनाएको छ। रासस
 

प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, पुस १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्