जसपा रुपन्देही कोषाध्यक्ष चौधरी कांग्रेस प्रवेश
बुधबार शुद्धोधन गाउँपालिका ४ फर्साटिकरमा आयोजित कार्यक्रममा चौधरी कांग्रेस प्रवेश गरेका हुन् । नेपाल सरकारका गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले चौधरीलाई कार्यक्रममा पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरे ।
काठमाडौं, कात्तिक २४ : जनता समाजवादी पार्टीका रुपन्देही जिल्ला कोषाध्यक्ष श्यामबहादुर चौधरी नेपाली कांग्रेस गरेका छन् ।
बुधबार शुद्धोधन गाउँपालिका ४ फर्साटिकरमा आयोजित कार्यक्रममा चौधरी कांग्रेस प्रवेश गरेका हुन् । नेपाल सरकारका गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले चौधरीलाई कार्यक्रममा पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरे ।
गृहमन्त्री खाणले पार्टी प्रवेश गरेका चौधरीलाई उपयुक्त जिम्मेवारी दिइने बताए । चौधरीले कांग्रेसको नीति, सिद्धान्त र पार्टीले उठाएका एजेन्डा मन परेर कांग्रेस प्रवेश गरेको बताए ।
प्रकाशित मिति: ०८:४६ बजे, बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार